काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । मंसिर ३० गते बसेको बैंक संचालक समितिको बैंठकले उक्त सभामा मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले पुस ८ गते बुकक्लोज गर्ने भएको छ । त्यसकारण पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।
साथै, सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी ११ अर्ब पु¥याउने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ बोनस वितरणपछि १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।