काठमाडौं । कामना सेवा विकास बैंकको ६ दशमलव ८ प्रतिशत नगद लाभांश सुरक्षित पार्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले भोली सोमबार मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
कामनाको साधारण सभा पुस १७ गते हुँदैछ । साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ ।
सभामा बैंकले ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथाव एक्विजिसनका लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।