काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । उक्त हकप्रद सेयरमा आज कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने कम्पनीको पुँजी ४० करोड ५० लाख भन्दा धेरै पुग्नेछ ।