Connect IPS
IME Life

एक वर्षअघि बीमा, सडक दुर्घटनामा मृत्यु, सिटिजन लाइफद्वारा एक करोड भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मत्यृ, न कसैले चाहेर आउँछ न पर सारेर नै सर्छ । आफ्नो मृत्युपछि आफ्नो परिवारको बाँकी जीवन सहज होस् भन्ने जोकसैको चाहना हुन्छ । जीवन बीमा गरेपछि आफू मात्रै नभएर आफ्नो सन्तान तथा बाँचेका आफन्तलाई बाँकी जीवन जिउन सहज हुने माध्यम हो भन्ने तथ्य हालै बुटवलमा भएको एक घटनाले पुष्टि गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको कपिलबस्तु शाखामा ५० लाख रुपैयाँका जीवन बीमा गरेका एक व्यक्तिले सवारी दुर्घटनामा निधन पश्चात एक करोड भन्दा बढि रुपैयाँ दावी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको हो । बीमा नगरी बसेका भए पौडेलको मृत्य पश्चात यति ठूलो रकम पाउने थिएनन् र उनकी छोरी श्रीमतीको बाँकी जीवन आर्थिक रुपमा यतिसम्म निर्धक्क नहुन पनि सक्दथ्यो ।

Prabhu
Crest

कपिलवस्तु–४ वाणगंगा जीतपुर शाखाले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित बुटवल–१३ का स्व.सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई एक करोड ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

सिटिजन लाईफले एक कार्यक्रमको आयोजना गरी १ करोड ५० हजारको चेक हस्तान्तरण गरिएको जनाएको छ । कम्पनीले बीमा समितीका अध्यक्ष चिरन्जीवी चापागाईको उपस्थितिमा सिटिजन लाइफ ईन्स्योरेन्सका कार्यकारी प्रमुख पोषराज पौडेलले सो रकमको चेक हन्तान्तरण गरेका हुन् । कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीको समेत उपस्थिति रहेको थियो ।

स्व.पौडेलले गत वर्ष मात्रै ५० लाख रुपैयाँको १५ वर्षे अवधीको जीवन बीमा गरेका थिए । पहिलो किस्ता मात्रै बुझाएका पौडेलको गत कार्तिक ५ गते सडक दुर्घटनामा परी निधन भएको थियो । सवारी दुर्घटनामा निधन पश्चात निजकी हकवालालाई बोनससहितको बीमाङ्क रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले भविष्यमा आफना परिवारका सदस्यको बाँकी जीवन आर्थिक रुपमा सहज बनाउने भरपर्दो माध्यम जीवन बीमा भएको प्रष्ट पारे । उनले बचत र मानिसको मृत्युपछि बाँकी रहेका सदस्यहरुको जिम्मेवारी बोक्ने भएकोले जीवन बीमाको महत्व ठूलो रहेको चर्चा गरे । कार्यक्रममा बीमा समितिका उप निर्देशक पदम साडोरी, सिटीजन लाईफका कवि फुयाल, सुनिल पोखरेल लगाउतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS