काठमाडौं । सानिमा माई हाईड्रोपावरले १०।५२६३ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीको वुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांस दिने घोषण गरेको छ ।
कम्पनीले लाभांस पारितको गर्न पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । पुस ६ गतेसम्म कायम रहेको शेयरधनीले मात्र लाभांस प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात् लगानीकर्तालाई लाभांस वितरण गर्नेछ ।