काठमाडौं । बीमा समितिले आधा दर्जन सवारी साधन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । समितिले चार वटा साना कार तथा उच्च पदस्थ अधिकारीका लागि दुई वटा ठूला जिप र कार खरिद प्रक्रिया अघि बढाएको छ । उक्त कारको मूल्य दुई करोड हाराहारीमा पर्ने अनुमान गरिएको छ ।समितिले १२०० सिसीको ह्याचब्याक कार चार वटा, १२०० सिसीकै अटो ट्रान्समिशन भएको अत्याधुनिक सुविधा सम्पन्न कार एउटा र २२०० सिसीको फोरह्वील ड्राईभ सुविधा भएको कार एक व वटा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । गत मंसिर १० गते नै टेण्डर गरिएको सवारी साधनको लागि ई–बिडिङमार्फत टेण्डर भर्ने काम जारी छ । आगामी पुस १० गतेसम्मको बोलपत्र फारम भर्ने मिति राखेर आह्वान गरिएको टेण्डरमा सबैभन्दा सस्तोका लागि प्राविधिक हिसाबले लाभग्राही सवारी साधन गरिद गरिने छ ।
बीमा समितिले कुपण्डोलमा अत्याधुनिक भवन समेत निर्माण गर्न प्रक्रिया अघि बढाईसकेको छ । सो हाल टेण्डर प्रक्रियामा रहेको भवनका लागि छिट्टै कम्पनी छनौट गरेर निर्माण सुरु गर्ने बीमा समितिले जनाएको छ ।