काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नपलपुरको कावासेतीमा आईतबार सो कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा ४० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीतामा रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सन नेपाल लाईफको महाप्रबन्धक कमल राज गौतम रहेका थिए । कार्यक्रमको सभापतीत्व कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले गरेका थिए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा कसरी बीमा साक्षरता फैलाउने विषयमा जानकारी हासिल गरेका थिए ।
साथै, कार्यक्रममा कम्पनीको भावी योजना, कम्पनीको रणनीती योजना तथा विभन्न विषयवस्तु लगायत अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण दिएको थियो ।