काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर खरिद गर्नेहरुका लागि नयाँ अवसर खुलेको छ । एलआईसी नेपालले आफ्नो स्वामित्वमा रहेको ५० हजार संस्थापक शेयर बिक्री गर्न लिलाम बढाबढ सुरु गरेको छ । नागरिक लगानी कोषको संस्थापक शेयर खरिदकर्ताले उक्त लिलाम बढाबढमा सहभागी हुन पाउनेछन् ।
कोषको संस्थापक शेयर खरिदका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने एलआईसी नेपालले जनाएको छ । इच्छुक खरिदकर्ताले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कोषको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार ४९५ रुपैयाँ तोकिएको छ । त्यसअनुसार न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गरी सबैभन्दा बढि मूल्यमा आवेदन दिनले सो शेयर खरिद गर्न पाउनेछन् ।