काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित घना बस्ती भएको उद्योगमा आज विहान भिषण आगोलागी हुँदा ४३ जनाभन्दा बढिको जलेर मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा दर्जनौं घाइते छन् ।
आगोलागी नियन्त्रणका लागि ६० वटा भन्दा बढि दमकल प्रयोग गरिएको छ भने प्रहरी तथा सर्वसधारण समेतको सहभागिता रहेको जनाइएको छ ।
नयाँ दिल्लीको प्रख्यात अनाजमण्डी एरियास्थित रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडिया टाईम्स अफ इण्डियाका अनुसार घटनामा ४३ जनाको शव प्राप्त भएको छ ।
आइतबार बिहान करिब साढे ५ बजेतिर कागजको कार्टुन उत्पादन गर्ने उद्योगबाट सल्केको आगोले भिषण रुप लिएको हो । उद्योगको छैठौं तल्लाबाट सल्केको आगोले थुप्रै निजि घरहरु समेत क्षति भएको जनाइएको छ । पुरानाबस्ती भएको शहरमा नयाँ दिल्लीको यी क्षेत्रमा साँघुरा गल्ली भएकोले नियन्त्रण गर्न कठिन भएको जनाइएको छ ।
घटनामा करोडौं रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । करोडौं सम्पत्ति जलेर क्षति पुगेको स्थानीय प्रहरीले जनाएको छ ।