काठमाडौं । सनराइज बैंकले चितवनमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रत्ननगर नगरपालिका–१४, पिठुवास्थित जनजागृति माध्यमिक विद्यालय अगाडि उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । । शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही नगरपालिकाका वडाध्यक्ष हरिकुमार श्रेष्ठले गरेका हुन् ।
शाखारहित बैंकिङ सेवाबाट ग्राहकले खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने, बिल भुक्तानी गर्ने, रिचार्ज गर्ने लगायतका सेवा पाउनेछन्