काठमाडौं । अर्घाखाँची जिल्लामा प्राइम लाईफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्तालाई आधारभुत तालिम प्रदान गरेको छ। तालिमपछि नयाँ जीवन बीमा अभिकर्ताको लाईसेन्स प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।
विकट क्षेत्रका जनतालाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले बीमा अभिकर्ताहरुलाई तालिम दिएको जनाएको छ । मंसीर १९ गते सुरु सञ्चालन भएर शनिबार समापन भएको छ ।
प्राईम लाईफ अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनिका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा तालिम सम्पन्न भएको कम्पनीले जनाएको छ।