काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले स्थापनाको दोस्रो बार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सुन्धारास्थित शाखा कार्यालयमा आयोजित कार्यक्रममा २९ जना रक्तदाताले रक्तदान गरेका छन् । कम्पनीका महाप्रबन्धक शिवराम तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका डिजिएम चुडामणि चापागाई, चिफ म्यानेजर गणेश चौलागाई र गुणराज श्रेष्ठ, फाईनान्स हेड अर्यक रञ्जन बराललगायतका उच्च अधिकारीसहित कम्पनीका कर्मचारी तथा अभिकर्ता लगायतको उपस्थिति रहेको थियो । दोस्रो बार्षिकोत्सवको अवसरमा समाजसेवा गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।