काठमाडौ । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङलाई पन्ध्र हजार रुपैँया सहित सम्मान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटना भई सुनकोशी नदिमा खस्दा दर्जनौ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्या्फ्टिङ गाइड) लाई उनको साहासीक कार्यको कदर गर्दै १५ हजार रुपैँया सहित सम्मान गरेको बैंकल जनाएको छ ।
मागा देउराली देखी काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटाना भएको थियो । तामाङको उक्त प्रेरणादायी कार्यको सम्मानले गर्दा अन्य युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने बैंकले जनाएको छ ।