काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकको मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु हुने भएको छ । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ती गरी ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ ।
सोही प्रयोजनको लागि दुवै बैंकको सिस्टम र डाटा माइग्रेसन गर्नुपर्ने भएकाले मंसिर १८ गते साँझ ६ बजेदेखि १९ गते रातिको १२ बजेसम्म बैंकको एटिएम सेवा, क्रेडिट कार्ड सेवा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा बीएलबीबाट प्रदान गरिने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।
यी दुबैं बैंकको मंसिर २ गते सम्पन्न साधारण सभाबाट ग्लोबल आइएमईले जनता बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेका हुन् ।