काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिदै आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।
हालसम्म बैंकले १०४ वटा शाखा तथा ५३ वटा एटिएम मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङसेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष बैंकले आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।