काठमाडौं । पोखरा फाइनान्स कम्पनीले २०७५ /७६ को लागि लाभांश घोषणा गरेको छ । फाइनान्स कम्पनीले ७ प्रतिशत बोनश शेयर र ७ दशमलव २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आज बिहान ८ बजे बसेको संचालक समितिको बैंठकले २०७५/ ७६ को शेयर प्रिमियम कोषबाट हाल कायम चुक्ता पूँजी ८५ करोड ७२ लाख ७२ हजार ६ सय २१ रुपैयाँको ७ प्रतिशतले हुने आउने ६ करोड ९ हजार ८३ रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव २० प्रतिशतले हुन आउने ६ करोड १७ लाख २३ हजार ६ सय २९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ ।