काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक नकाटी सिधै भुक्तानी गर्न मिल्ने प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम’ (आरटीजीएस) कर्यान्वयनमा ल्याएको छ । उक्त प्रणाली गत भदौ देखि कार्यान्वयनमा ल्याएको भएपनि विभिन्न प्राविधिक समस्याका कारण लागु हुन सकेको थिएन । यस प्रणलीलाई फेरी सुधार गरी कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त प्रणाली लागू भएसँगै २ लाख रुपैयाँ भन्दा माथिको भुक्तानीका लागि चेक काटनु नपर्ने राष्ट्र बैंकले जनाएको छ । यसबाट चेकको क्लियरिङ गर्नुपर्ने अवस्थाको अन्त्य गरेको छ भने तत्कालै एक बैंकबाट अर्को बैंकमा सजिलै रकम भुक्तानी गर्न सकिने छ ।
यस प्रणली सुरुमा वाणिज्य बैंकहरुमा मात्र लागु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।