काठमाडौं । सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति माग गरिएको हो ।
बैंकले निष्काशन गर्न लागेको २ अर्ब ५० करोडमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले निष्काशन गर्न लानगेको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने समेत बैंकले जनाएको छ ।
बैंकले १० वर्ष अवधिको सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ ।