काठमाडौं । भक्तपुर गठ्ठाघर निवासी रामबहादुर बस्नेत क्षेत्रीको पोर्चुगलमा निधन भएकोमा निजका हकवाला परिवारलाई नेपाल लाईफ इन्स्योरेन्सले मंगलबार नौ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर उपशाखाले मंगलबार एक कार्यक्रमका बीच भक्तपुर गट्ठाघर निवासी मृतक राम बहादुर बस्नेत क्षेत्रीको परिवारलाई मृत्यु दाबी बापतको नौ लाख रुपैयाँ रकम प्रदान गरेको हो । शोकाकुल परिवारलाई कम्पनीको उपशाखा कार्यालयमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेको छ ।
युरोपको र्पोचुगलमा बस्दै आएका बस्नेतको उतै असमायिक निधन भएको थियो । मृतक बस्न्यातको श्रीमती शशीकला कोइरालालाई कम्पनीका प्रदेश प्रमुख दिवाकर बरालले नौ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
मृतक राम बस्नते पोर्चुर्गल जानु अघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा तीन लाख रुपैयाँको बीमा गराएका थिए । पछि उनले पुनः पाँच लाख रुपैयाँको बीमा थप गराएकोमा बस्नेतकी श्रीमतीलाई बोनस र बीमांक रकम हस्तान्तरण गरिएको कोटेश्वर उपशाखा कार्यालयका अनुज कुमार झाले बताए ।
कार्यक्रममा नेपाल लाईफ कोटेशवर शाखाका शाखा प्रबन्धक, अभिकर्ता एजेन्सी म्यानेनजर, मृतकका आफन्तको समेत उपस्थििति रहेको थियो ।