काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले काठमाडौँमा जिवन बीमाको आधारभुत तालिम सम्पन्न गरेको छ ।
उक्त तालिम संस्थानले मंसिर ७ गतेदेखि मंसिर ९ गतसेम्म सञ्चालन गरेको हो । उक्त तालिममा ५० जनाको सहभागीता रहेको थियो ।
तालिममा सहभागी भएकाहरुलाई बीमाको महत्व, सिद्धान्त र बीमाका प्रकारका बारेमा प्रस्ट पारेको संस्थानले जनाएको छ ।
साथै तालिममा बीमा ऐन नियामावलि तथा विनियामावलिहरु, बीमा संस्थानका बीमालेखहरु, अभिकर्ताहरुको सेवा तथा सुविधाहरु, बीमा बजारिकरण बारेमा जानकारी दिईएको संस्थानले जनाएको छ ।
कार्यक्रममा संस्थानको भावी कार्ययोजनाको बारेमा प्रस्ट पार्दै संस्थानका नायव महाप्रबन्धक महेश रिमालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितण गरे ।