काठमाडौं । छिमेक लघुवित्त वित्तीय सस्ंथाले अठारौं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएकोे छ । साधारण सभा मकवानपुरको हेटौंडास्थित होटल सामना प्रालिको सभा हलमा बिहान १०ः३० बजे सुरु हुने संस्थाले जनाएको छ ।
सभाको प्रयोजनका लागि कम्पनीले मंसिर १६ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभामा कम्पनीले ४४ दशमलव ३३५४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २७.११८६ प्रतिशत बोनस र १७.२१६८ प्रतिशत नगद गरी कुल ४४.३३५४ प्रपतशत लाभांश दिन लागेको हो ।
सभामा कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा रहेको जनाएको छ ।