काठमाडौं । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर लाभांश बापत वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट सो शेयर मात्रामा शेयर वितरण गर्न लागेको हो । बैंकको सञ्चालक समितिको मंसिर ९ गते बिहान ९ः३० बजे बसेको ३८४ औँ बैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले आर्जन गरेको मुनाफा मध्ये एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बोनस शेयरमा खर्च गर्ने भएको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजि ११ अर्ब नाघ्नेछ । यद्यपि सो बोनस शेयर सम्बन्धी निर्णय निमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी बार्षिक सधारणसभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ ।