काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार ३०२ कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २४ गतेबाट सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९.२ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त शेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यस्तै, सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं र सूर्या लाइफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट लिलामी भर्न सकिने कम्पनीले जनाएको छ ।