काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड २२ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १ करोड २० लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ।
कम्पनीको जगेडा कोष १५२ प्रतिशतले वृद्धि हुँदै ११ करोड ९९ लाख पुगेको छ भने जीवन बीमा कोष २३६ प्रतिशतले वृद्धि हुँदै ४१ करोड ७२ लाख पुगेको छ।
खुद बीमा शुल्क आर्जन रकम १२० प्रतिशतले वृद्धि हुँदै १३ करोड २९ लाख पुगेको छ भने खुद दावी भुक्तानी ८ लाख ४३ हजार रहेको छ।
कुल कायम रहेको बीमा लेख संख्या १०२३ प्रतिशतले वृद्धि हुँदै ४५ हजार ३ सय ५१ पुगेको छ।
कम्पनीले भविष्यमा आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।