लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ३६ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ४ करोड ८८ लाख कमाएको थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ४ रुपैया ७१ पैसा रहेको छ। जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।
कम्पनीको जगेडा कोष २० प्रतिशतले घट्दै ४२ करोड २२ लाख रुपैया मात्र संचिति रहेको छ भने जीवन बीमा कोषमा २६ प्रतिशतको वृद्धि हुँदै ५७ अर्ब ८० करोड पुगेको छ।
कुल बीमा शुल्क आर्जन रकम ४४ प्रतिशत वृद्धि हुँदै ४ अर्ब २० करोड पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम ४४ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब १७ करोड पुगेको छ त्यस्तै खुद दावी भुक्तानी ४३ प्रतिशतले कम हुँदै ९५ करोड ८१ लाख छ।