काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से ०.७९ अंकले बढेर ११३५.९५ बिन्दुमा पुगेको छ ।
कुल १६३ वटा कम्पनीको ८ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । होटल, विकास बैंक, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह बढेका छन् ।
आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै ग्लोबल आइएमई स्किम–१ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ ।