काठमाडौं । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न ११ पदका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।
बैंकले हेड रिकभरी डिपार्टमेन्ट देखि ट्रेनी असिस्टेन्टसम्मका लागि कर्मचारीको माग गरिएको जनाएको छ । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक व्यक्ति तथा शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले मसिंर ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।