काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केटस् लिमिटेडको तेस्रो वार्षिक साधारण सभा मंसिर २० गते हुने भएको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा काठमाडौं प्लाजा, कमलादीमा दिउँसो ३ बजे शुरु हुने जनाइएको छ ।
सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी एजेण्डा रहेको छ ।