काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा मंसिर १८ गते हुने भएको छ । सभा कम्पनीको सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
उक्त सभामा वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।
कम्पनीले शेयरधनीको २० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।