काठमाडौं । डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्रयि विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८ करोड ३४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाले २३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ३० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १८ करोड ५० लाख रुपैयाँमा मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा भने न्यून प्रतिशतले मात्र बृद्धि गर्न सफल भएको छ । संस्थाले यस अवधिसम्ममा संचालन मुनाफा ० दशमलव २४ प्रतिशतले मात्र बृद्धि गरेको छ ।
प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसाले बढेर ४९ रुपैयाँ ५९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ३२ पैसा छ ।