काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा गलत तरिकाले कर्मचारी सरुवा गरेपछि प्रतिष्ठानको कर्मचारी संगठनले विरोध गरेको छ । लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले विभेदपूर्ण तरिकाले कर्मचारी सरुवाको विषयमा नेपाल प्रज्ञा प्रष्ठिानलाई ध्यानाकर्षण गरेको छ ।
संघद्धारा जारी प्रेस विज्ञप्तिमा संघले राखेको प्रमुख एजेन्डालाई नै पूर्वाग्रह भएको नेपाल प्रज्ञा प्रष्ठिान प्रति असन्तुष्ट व्यक्त गरेको हो । संघका अध्यक्ष अशोक कुमार चौरसियाद्वारा जारी बक्तव्यमा कर्मचारीको दरबन्दी नै नभएको विभागमा सरुवा गर्ने जस्ता घटिया व्यवहार प्रशासनबाट भएको भन्दै तत्काल उक्त सरुवा सच्याउन भनिएको छ ।