काठमाडौं । नेप्से परिसूचक बुधबार ४ दशमलव ८० अंकले घटेर ११३५.१६ बिन्दुमा झरेको छ ।
कुल १५४ वटा कम्पनीको ९ लाख ८ हजार वटाभन्दा बढी कित्ता शेयर २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये व्यापार र वित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् ।आज एनएमबी बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड १२ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
समग्र परिसूचक घटे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतले बढेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे पाँच प्रतिशतले घटेको छ ।