नेप्सेमा बुधबार चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७।६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो ।
बोनस समायोजन गरेसँगै चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५।८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७।२४ रुपैयाँ कायम भएको छ । समायोजित मूल्यअनुसार नै आज दोस्रो बजारमा कारोबार खुलेको छ ।