IME Life

रिलायन्स लाइफले प्रथम त्रैमासमा आर्जन गर्यो २५ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५।७६ को पहिलो त्रैमास सम्ममा २५ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ८६ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले बीमाशुल्कमा उल्लेख्नीय सुधार गरेको प्रथम त्रैमासको वित्तिय विवरणले देखाएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार उक्त अवधिमा २ हजार ९ सय ५५ बीमालेख जारी भएका छन् । त्यस्तै,कम्पनीले ५ बीमालेख बराबर ३४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले दुई वटा दाबीको भुक्तानी गरेको छैन ।

Prabhu
Crest

प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोष ११ करोड १० लाख रुपैयाँ रहेको छ ,भने चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले जीवन बीमा कोषमा सुधार आएको छ । असोजमसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खुद नाफामा ४ प्रतिशतले वृद्धि आएको छ । गत बर्ष कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोजमसान्तसम्ममा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यद्यपि खुद नाफा भने लेखा परिक्षणको क्रमका बीमाङ्कीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS