प्राईम लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। जीवन बीमा कम्पनीहरुमध्ये वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने पहिलो जीवन बीमा कम्पनी पनि बनेको छ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड २ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ६ करोड ८० लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि १२ प्रतिशत तर कम्पनीको खुद नाफामा ४७ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा सुधार देखिएको हो। तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ।
कम्पनीको जगेडा कोष ८ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३ करोड पुगेको छ भने जीवन बीमा कोष ३३ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ५१ करोड पुगेको छ।
कुल बीमा शुल्क आर्जन रकम १८ प्रतिशतले वृद्धि हुँदै ७६ करोड ५६ लाख पुगेको छ भने खुद बीमा शुल्क आर्जन रकम २३ प्रतिशतले वृद्धि हुँदै ७५ करोड ७५ लाख पुगेको छ।