रुपन्देही । उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भलुहीले मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । देवदह ३ स्थित उन्नति सेमरहना महिला समूहकी सदस्य मिना दर्जीको अल्पायुमै निधन भएपछि सदस्यले पाउने बीमा रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
मृतकको श्रीमान् भिम बहादुरु, दर्जीलाई बीमा वापतको रकम१ लाख ३० हजार रुपैयां शाखा कार्यालय भलुही शाखा प्रमुख अनिल शाहीले प्रदान गरेका हुन् ।
संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी शारदा थापाले जानकारी दिईन् ।