काठमाडौं । नेको इन्स्योरेन्सको ४ लाख १४ हजार ६२.१२ कित्ता सेयर मंसिर २ गतेबाट लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलामी गर्न लागेको हो ।
उक्त लिलामीमा ल्याउन लागेको शेयरमा न्यूनतम २८५ रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।
आवेदकले बिक्री प्रबन्धक सनराइज क्यापिटलको नाममा रहेको सनराइज बैंकको कमलपोखरी शाखाको खाता नम्बर ०६९०४३०२३६७०१००१ मा आफूले आवेदन दिएको सक्कल नगद भौचर पेश गर्नुपर्नेछ ।