काठमाडौं । हिमालयन डिस्टिलरीले १०२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट कर सहित ५२ दशमलव ६३ प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते आइतबार बुक क्लोज गर्ने भएको छ । यसर्थ, यसको लाभांश हात पार्न मंसिर १२ गते बिहीबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ ।