IME Life

तीन महिनामा ८९ हजार २ सय ९६ सर्वसाधारण स्वास्थ्य बीमामा आवद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमामा असोज मसान्तसम्ममा देशैभरिबाट ८९ हजार २ सय ९६ जना सर्वसाधारण स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

Prabhu
Crest

स्वास्थ्य बीमा बोर्डको तथ्याङक अनुसार चालु आवको साउनदेखि असोजमसान्तसम्ममा ४६ हजार ७ सय ३७ महिला र ४२ हजार ५ सय ५१ जना पुरुष स्वास्थ बीमामा सहभागी भएको बोर्डका सूचना अधिकारी कृष्ण प्रसाद अधिकारीले इन्स्योरेन्सखबरलाई जानकारी दिए ।

तीन महिनाको तथ्याङक हेर्ने हो भने सबैभन्दा धेरै भक्तपुरमा स्वास्थ्य बीमामा बीमितहरु आकर्षण भएका छन् । असोज मसान्तसम्ममा उक्त जिल्लामा १४ हजार भन्दा बढीले स्वास्थ्य बीमामा सहभागी भएका छन् । उक्त जिल्लामा ७ हजार भन्दा बढी महिला, ६ हजार ९ सय ६४ जना पुरुष र २ जना तेस्रो लिङ्गी स्वास्थ्य बीमामा सहभागी भएका हुन् ।

त्यस्तै रुकुमपूर्वमा सबैभन्दा कम बीमीत स्वास्थ्य बीमामा सहभागी भएका छन् । उक्त जिल्लामा पाँचजना महिला र पाँचजना पुरुषले मात्रै स्वास्थ्य बीमामा सहभागी भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बीमा परियोजना हालसम्म देशका ४९ वटा जिल्लामा सञ्चालन भइरहेको छ भने थप आठ वटा जिल्लामा विस्तार गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS