काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आज आइतबार (कात्तिक २४ गते) बाट १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँबाट २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
सो हकप्रदमा मंसिर २९ गते सम्म आवेदन दिन सकिनेछ । कात्तिक ६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्ने कम्पनीले जनाएको छ ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
उक्त हकप्रदमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।