Connect IPS
IME Life

नेशनल लाइफको ३१ औ बार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांस पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ औ वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । कम्पनीले चुक्ता पूँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांस प्रस्ताव पारित गरेको छ।

साधारण सभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आ।व।२०७४।७५ मा कम्पनीले सन्तोषजनक प्रगति गरेको बताउदै सो वर्ष कूल ६ अर्ब ४५ करोड बीमाशुल्क संकलन भएको र २०५ करोड कूल दावी भुक्तानी गरेका र उक्त बर्ष ५७ करोड खुद मुनाफा गरेको सभामा अवगत गराए ।

Prabhu
Crest

सभामा अध्यक्ष सिंहले कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चुक्ता पूँजी ३ अरब रुपैयाँ नाघेको जानकारी गराए । कम्पनीले आ।व।२०७४/०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरे ।

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल बृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९ दशमलव ५८ प्रतिशत पुगेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS