काठमाडौं । बीमा समितिको आयोजनामा देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने घुम्ती बीमा कार्यक्रम शनिबार एक कार्यक्रमका बीच जनकपुरबाट सुरु भएको छ । जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको बीमा समितिले जनाएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान, सर्वसधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
तस्विर सौजन्यः मेघेन्द्र प्रकाश गिरी