Connect IPS
IME Life

एनएमबी बैंकको बिहीबारबाट शेयर कारोबार खुल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकको बिहीबारबाट नेप्सेमा सेयर कारोबार खुल्ने भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरेपछि दोस्रो बजारमा पनि सेयर कारोबार खुला गरिन लागेको हो । ओम डेभलपमेन्ट बैंकसँग जेठ २ गते मर्जरको सम्झौता गरेपछि एनएमबी बैंकको कारोबार रोक्का गरिएको थियो ।

मर्जरमा केही ढिलाई हुँदा लामो समयसम्म लगानीकर्ताले एनएमबी बैंकको सेयरमा गरेको लगानी बन्धक बनेको थियो । लामो समयको प्रतिक्षालाई समाप्त गर्दै नेप्सेले एनएमबी बैंकको सेयर कारोबार बिहीबार(भोलि)देखि खुल्ने सूचना प्रकाशन गरेको हो । एनएमबी बैंकलाई नेप्सेले पहिलो कारोबारका लागि ३५१ रुपैयाँको ओपन रेञ्ज तोकिदिएको छ ।

Prabhu
Crest

यस्तै, एनएमबिको साउन २८ गते बसेको विशेष साधारण सभा र ओमको साउन २७ गते बसेको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको थियो । एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्जर भएको हो । यसआधारमा ओमको १०० कित्ता सेयर हुने लगानीकर्ताले एनएमबिको ७६ कित्ता सेयर पाएका छन् । मर्जरपछि एनएमबिको अधिकृत, जारी तथा चुक्ता पुँजीमा वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS