Connect IPS
IME Life

नेपालको सबैभन्दा ठुलो म्युचुअल फण्डको इन्स्योरेन्समा लगानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । नेपालमा सञ्चालित म्युचुअल फण्डहरुमध्ये सबैभन्दा ठुलो म्युचुअल फण्ड सिद्धार्थ इक्वीटी फण्ड हो । सिद्धार्थ इक्वीटी फण्ड १ अर्ब ५० करोडको फण्ड हो ।

फण्डको असोज मसान्तसको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रति इकाई खुद मूल्य ९ रुपैयाँ ७० पैसा रहेको छ । भदौँ मसान्तसम्म फण्डको खुद इकाई मूल्य ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।

Prabhu
Crest

यो फण्ड सञ्चालनमा आएको १० वर्ष पछि मात्र परिपक्व हुने छ । यो फण्ड २०८४ साल कात्तिक २३ गते परिपक्क हुने छ ।असोज मसान्त सम्म यस म्युचुअल  फण्डले शेयरमा ९९ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्वीटी फण्डको इन्स्योरेन्स कम्पनीको शेयरमा लगानी कति ?

असोज महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार सिद्धार्थ इक्वीटी फण्डले नेप्सेमा सूचिकृत इन्स्योरेन्स कम्पनीको शेयरमा १० दशमलव ६९ प्रतिशत लगानी गरेको छ । फण्डले ११ वटा बीमा कम्पनीमा लगानी गरेको छ । फण्डले ४ जीवन बीमा कम्पनी र ७ वटा निर्जीवन बीमा कम्पनीमा सो रकम बराबरको लगानी गरेको हो । फण्डले जीवन बीमा कम्पनीको शेयर र निर्जीवन बीमा कम्पनीको शेयरमा १० करोड ५९ लाख बराबरको लगानी गरेको छ ।

फण्डले ११ वटा बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफको शेयरमा लगानी गरेको छ । फण्डसँग नेपाल लाईफको मात्रै २ करोड ३० लाख बराबरको शेयर छ । दोश्रोमा नेको इन्स्योरेन्स रहेको छ । फण्डले नेको इन्स्योरेन्समा १ करोड ७४ लाख बराबरको शेयरमा लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS