काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ ।
महालक्ष्मीको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि बैंकको शेयर मूल्य १९५.३७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि माइक्रोफाइनान्सको मूल्य ४३२.३१ कायम भएको छ ।