काठमाडौं । देशव्यापी बीमा जागरण अभियानमा रहेको बीमा समिति हिमाली जिल्ला डोल्पाबाट सिधैं जनकपुर पुग्ने भएको छ । ‘स्थानीय तहसँग बीमा समिति’ नाम दिइएको राष्ट्रिय अभियान लिएर बीमा समिति यही कार्तिक २३ गते जनकपुरधाम जान लागेको हो ।
अध्यक्ष चिरञ्जीवी चापागाईको उपस्थितिमा जनकपुरधाम उपमहानगरपालिकासँगको सहकार्यमा बीमा सम्बन्धी जनचेतना जगाउने अभियान सञ्चालन हुने बीमा समितिले जनाएको छ ।
जनकपुरधाममा यही २३ गते हुने अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम नगरपालिकाका जनप्रतिनिधिसँग बीमा समितिले अन्तरक्रिया, छलफल हुनेछ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले बीमा समितिसँगको सहकार्यमा यही २३ गते शनिबार बीमा सम्बन्धी जनचेतना जगाउने कार्यक्रमको तयारी गरिएको बताए । उनले भने, ‘हामीलाई खवर आए अनुसारको तयारी गरेका छौं, सबै प्रतिनिधिहरुलाई खवर पठाएका छौं, कार्यक्रम राम्रो बनाउने प्रयत्न हुनेछ ।’ यही कार्तिक १ गते हिमाली जिल्ला डोल्पा पुगेर बीमा जागरण अभियान सञ्चालन गरेको समितिले डोल्पाबाट सिधैं जनकपुर पुग्न लागेको हो ।
बीमा समितिले करिब एक अघिदेखि बीमा जागरण अभियान सञ्चालन गर्दै आएको छ ।