काठमाडौँ । साताको तेस्रो दिन नेप्से ० दशमलव ८१ अंकले घटेको छ । शेयर बजार ० दशमलव ८१ अंकले घटेर ११३९ दशमलव ४५ को विन्दुमा कायम भएको छ । दिनभरिमा कुल १६२ कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर खरिद बिक्री हुँदा २८ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बैंकिङ, उत्पादनमूलक क्षेत्र, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसुचक घटेको छ ।
यस दिन प्रभु बैंक प्रमोटर शेयरको सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ३ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
ग्लोबल आइएमई समुन्न्त स्किमका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सिनर्जी पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।