काठमाडौँ । साताको दोस्रो दिन नेप्से ० दशमलव ९७ अंकले बढेको छ । शेयर बजार ० दशमलव ९७ अंकले बढेर १,१४० दशमलव २६ को विन्दुमा कायम भएको छ । बैंकिङ, फाइनान्स, विकास बैंक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह १ दशमलव ८४ अंकले बढेको छ ।
दिनभरिमा १ सय ६३ कम्पनीको ७ लाख ५९ हजार ७ सय १२ कित्ता शेयर खरिदविक्री हुँदा १९ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । नबिल बैंकको सबैभन्दा धेरै १ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंकको १ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ । चिलिमे हाइड्रोपावरको १ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।