काठमाडौँ । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने भएको छ । जलविद्युतले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनी सञ्चालक समितिको कात्तिक १८ गते बसेको ३६४ औं बैठकले २० बोनस र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।