काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । मंगलबार (कात्तिक १९) गते जारी हुने ट्रेजरी बिलको लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ९१ दिन र एक वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यस ट्रेजरी बिल २०७६ माघ २१ गते परिपक्क हुनेछ । त्यस्तै, एक वर्ष अवधिका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ कात्तिक १८ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।